अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्