भारतलाई दुई करोड डोज भ्याक्सिन दिँदै अमेरिका एजेन्सी। कोरोनाग्रस्त भारतलाई अमेरिकाले एस्ट्राजेनेकाका दुई करोड डोज भ्याक्सिन दिने भएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भारतलाई भ्याक्सिनका साथै अक्सिजन बनाउने मेसिनसमेत दिने निर्णय भएको जानकारी दिए। साकीका अनुसार अमेरिकाले सबैभन्दा बढी सहयोग भारतलाई गरेको र ब्राजिल, क्यानडा तथा मेक्सिकोलाई पनि कोरोनाविरुद्धको लडाइँमा मद्दत गर्दै आएको छ। आफूले सहयोगबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्