आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पतालबाट सिलिण्डर नियन्त्रणमा लिइने काठमाडौं। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्ति वा संघसंस्थाबाट अक्सिजन सिलिण्डर नियन्त्रणमा लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनेको छ। बैठकले त्यस्ता सिलिण्डर सरकारले निर्धारण गरेको संख्या अनुसार कोभिड अस्पतालहरुलाई उपलब्ध गराउन भनेको छ। यो कार्य शुक्रबारसम्म गरिसक्न उद्योग, बाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयलाई भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्