उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर फिर्ता गरिने काठमाडौं। गृह मन्त्रालयले उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर अब सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने भएको छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले गृह मन्त्रालयलाई उक्त जिम्मेवारी सुम्पेको हो। कोरोना संक्रमित र अन्य बिरामीका लागि अक्सिजनको अभाव भएपछि उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालहरुलाई उपलब्ध गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्