देशभरका अक्सिजन उद्योगको अनुगमन गर्न निर्देशन काठमाडौं। सरकारले देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गराउने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै, अक्सिजन उद्योगहरुमा विद्युत तथा खानेपानीको नियमति आपूर्ति गर्न सिँचाइ, उर्जा तथा जलस्रोत मन्त्रालय र खानेपानी मन्त्रालयलाई भनिएको छ। देशभरका अस्पतालमा अक्सिजनको अभाव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्