कञ्चनपुरमा ८६९ जना कोरोना संक्रमित, ४७ जनाको मृत्यु काठमाडौं।कञ्चनपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८६९ पुगेको छ।संक्रमितमध्ये ४७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। संक्रमितको संख्या पहिलेको भन्दा घटेको उनले जनाए। कोरोना संक्रमणलाई ध्यानमा राखी सदरमुकाममा १५०, महाकाली अस्पतालमा ५०, पुनरवास नगरपालिका २५, दोधारा नगरपालिकामा २० बेडको आइसोलेसन निर्माण गरिएको र ५ बेड क्षमताको कोरोना अस्पताल निर्माण गर्ने योजना रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्