कोभिड–१९ खोपको पेटेन्ट अधिकार छुटको पक्षमा अमेरिका
एजेन्सी। कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पदा अधिकारबाट बाहिर राख्ने विश्व प्यापार संगठन(डब्लुटीओ) को पहललाई अमेरिकाले समर्थन गरेको छ। राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसद तथा अन्य १सयभन्दा बढी देशको दबाबपछि खोपमा बौद्धिक सम्पत्ति सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएका छन्। बौद्धिक सम्पदा अधिकारमा छुट दिएमा खोप उत्पादन बढ्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस्