भारतका पूर्वमन्त्री अजित सिंहको कोरोनाबाट निधन एजेन्सी। राष्ट्रिय लोकदल प्रमुख तथा पूर्वमन्त्री अजित सिंहको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय सिंहको निधन भएको हो। पूर्वप्रधानमन्त्री चौधरी चरण सिंहका छोरा अजित सिंह उत्तर प्रदेशबाट ७ पटक सांसद तथा केन्द्रीय नागरिक उड्डयन मन्त्री समेत भइसकेका थिए। कोरोनाका कारण फोक्सोमा संक्रमण बढेपछि उनको अवस्था नाजुक बनेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्