शुक्रबारसम्म आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख २४ गते भित्र देशभरका अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। कार्यालयले अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आईसीयु शैय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाउन समेत निर्देशन दिएको छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा हिजो बसेको कोभिड सहजिकरणको बैठकले उक्त निर्देशन दिएको हो।
प्रतिक्रिया दिनुहोस्