सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं। काठमाडौं महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ। मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसङ्क्रमण गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए। रासस
प्रतिक्रिया दिनुहोस्