स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस् काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ। अनुगमनका क्रममा खाली सिलिण्डर आफै राख्ने गरेको पाइएकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि तत्काल अस्पताललाईउपलब्ध गराउन अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। अक्सिजन सिलिण्डरको संख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्