बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु बाँके। कोरोना संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष, नेपालगञ्ज–८ की ५५ वर्षीया महिला, दाङ शान्तिनगरकी ७५ वर्षीया महिला र कोहलपुर–१ की ७३ वर्षीया महिला रहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्