आज पनि सांसदहरूको स्वाब लिइँदै
काठमाडौं। आज पनि संसद भवन परिसरमा स्वाब लिने कार्यक्रम जारी रहने भएको छ। सचिवालयले २२ र २३ गते स्वाब लिन समय तोकेपनि सांसदहरु नै स्वाब लिन छुटेपछि आजको लागि समय थप भएको हो। कांग्रेस संसदीय दलले आफ्ना सांसद राजधानीबाहिर रहेकाले स्वाब दिने समय थप्न सचिवालयलाई पत्र नै लेखेको थियो। स्वाब दिन५० जनाभन्दा बढी सांसद बाँकी रहेको प्रवक्ता रोजनाथ पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस्