भारतले स्विकार्यो– कोरोनाको दोस्रो लहरको कारक ‘लोकल म्यूटेन्ट’
एजेन्सी। भारतले मार्च महिनामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टले देशमा भयावह स्थिति सृजना गरेको स्वीकारेको छ। भारतको स्वास्थ्य मन्त्रालयले धेरै राज्यमा कोरोना संक्रमितमा डबल म्युटेन्ट भेरियन्ट पाइएको जनाएको छ, जुन बढी संक्रामक रहेको छ। यसैबीच भारतका स्वास्थ्य विज्ञहरुले भारतमा कोरोनाको तेस्रो लहर पनि आउने दाबी गरेका छन्। दोस्रो लहरमा धेरै संक्रमण भएकाले तेस्रो लहर रोक्न नसकिने भनाइ उनीहरुको छ।
प्रतिक्रिया दिनुहोस्