सङ्क्रमण बढ्दै : आज थप ९,१९६ मा देखियो सङ्क्रमण काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९,१९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हिजो कूल ९,०७० जनामा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,९८७ पीसीआर परीक्षणमा ९,०२३ जनामा र ४९५ एन्टिजेन परीक्षणमा १७३ जनामा सङ्क्रमण देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३,७७,६०३ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्