आज ५० जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ५० जनाले ज्यान गुमाएका छन्। अस्ति एकै दिनमा सर्वाधिक ५८ र हिजो ५४ जनाले ज्यान गुमाएका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ३,५७९ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.९५ प्रतिशतले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्