सुदुरपश्चिमका जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान सुदुरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ। पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न सो रकम प्रदान गरिएको हो। प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला संक्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्