चीनले नेपाललाई महामारीसँग लड्ने सामग्री दिने : विदेश मन्त्रालय
सिन्ह्वा। चिनियाँ विदेश मन्त्रालयले नेपाललाई कोभिड-१९ महामारीसँग लड्न सामग्री जम्मा गरिएको र चाँडै प्रदान गरिने आज जनाएको छ। मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्रेसभेलामा नेपाललाई सहयोग प्रदान गर्ने जनाएका हुन्। यससँगै चीनका स्थानीय सरकार र सामाजिक समूहहरूले पनि नेपाललाई सहयोग गरिरहेको उनले जनाए। उनले नेपाललाई महामारीका बेला सहयोग जारी राख्ने पनि जनाए।
प्रतिक्रिया दिनुहोस्