एक डोज लगाए पुग्ने स्पुतनिक–भी बनाउँदै रुस
एजेन्सी। अहिले बजारमा चलेका कोरोनाविरुद्धका भ्याक्सिन सबै डबल डोज लगाउनुपर्छ। अब रुसले आफ्नो उत्पादन स्पुतनिक–भीको सिंगल डोज भर्जन बनाउने तयारी थालेको छ। यसको नाम स्पुतनिक लाइट राखिएको छ। रुसमा यो भ्याक्सिनको परीक्षण जनवरीमा सुरु गरिएको थियो। यसले हर्ड इम्युनिटी विकास निकै चाँडो गर्ने रुसको दाबी छ। यो भ्याक्सिन ८० प्रतिशत प्रभावकारी हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्