चीनले दिने स्वास्थ्य सामाग्री एक हप्तामा तातोपानी आइपुग्ने काठमाडौं। चीनले सहयोगस्वरुप नेपाल सरकारलाई दिने स्वास्थ्य सामाग्री सडकमार्ग हुँदै आगामी साता उत्तरी व्यापारिक नाका तातोपानी आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार ४० थान भेन्टिलेटर, २० थान एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेशल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया आगामी साता तातोपानी आइपुग्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्