कोरोनाबाट जोगाउने मोडर्नाको ‘बुस्टर डोज’ एजेन्सी। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त संसारका लागि मोडर्ना कम्पनीले खुसीको समाचार दिएको छ। मोडर्नाले बनाएको कोभिड बुस्टर डोजले कोरोनाका नयाँ प्रजातिलाई परास्त गर्न सक्ने बताइएको छ। ब्राजिल र दक्षिण अफ्रिकामा यसको परीक्षण सफल भइसकेको छ। यो परीक्षण यूएस बायोटेक फर्मले यसै वर्षको आरम्भमा सुरु गरेको हो। परीक्षणमा सहभागीलाई बुस्टर डोज दिएको १५ दिनमा एन्टिबडी तयार भएको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्