माओवादी नेता श्रेष्ठले गठन गरेको कोभिड–स्वंयसेवा समूह पुनः क्रियाशील
काठमाडौं। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सचिवालयले कोभिड –१९ प्रभावितलाई सघाउन गठन गरेको स्वयंसेवा समिति पुनः क्रियाशील बनाइने बताएको छ। कोरोनाको पहिलो लहरको समयमा गठन गरेको उक्त समूह फेरि क्रियाशील बनाउने श्रेष्ठले बताएका हुन्। राजनीतिक नेता,कार्यकर्ता, संगठन र समाजसेवीहरुले आफूलाई बचाउने मात्र नभई जोखिम मोलेर समाजसेवा गर्न तयार हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्