कोरोनाविरुद्ध भ्याक्सिनको तयारीमा क्याडिला
एजेन्सी। भारतमा कोरोनाविरुद्धको चौथो भ्याक्सिन निर्माणको तयारी थालिएको छ। अहमदावादस्थित औषधि कम्पनी जाइडस क्याडिलाले यही महिना ‘जाइकोभ–डी’को आपत्कालीन उपयोगको स्वीकृतिका लागि आवेदन दिने तयारी थालेको हो। कम्पनीले आफ्नो भ्याक्सिनले स्वीकृति पाउने विश्वास गरेको छ। प्रतिमहिना एक करोड डोज भ्याक्सिन उत्पादन गर्ने पनि क्याडिलाको दाबी छ। भारतमा भ्याक्सिन अभियानमा आइरहेको कठिनाइ पूरा गर्न क्याडिला सक्षम रहेको पनि कम्पनीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्