ब्राजिलको सेरेना सहरका सबै नागरिकले पाए भ्याक्सिन
एजेन्सी। कोरोना कहरबाट अत्यधिक प्रभावित ब्राजिलले सेरेना सहरका सबैजसो नागरिकलाई भ्याक्सिन लगाएर नयाँ रेकर्ड बनाएको छ। सहरको आवादी ४५ हजार रहेको र त्यहाँका ९५.७ प्रतिशतलाई भ्याक्सिन लगाइसकिएको छ। सेरेनामा चीनमा निर्मित भ्याक्सिन सिनोभ्याकको पहिलो डोज दिइएको हो। यही महिनामा तिनलाई दोस्रो डोज दिइसकिने ब्राजिल सरकारले बताएको छ। संसारलाई तर्साइरहेको कोरोनाको दोस्रो लहरबाट उक्त सहर मुक्त छ।
प्रतिक्रिया दिनुहोस्