कोभिडका कारण शङ्खरापुर-४ का वडाध्यक्ष तामाङको निधन काठमाडौँ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९)बाट शङ्खरापुर नगरपालिका-४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ। उनलाई सङ्क्रमण देखिएपछि गोकर्णेश्वर नगरपालिका-८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि राखिएको थियो। उनको आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जनाएका छन्। उनको वैशाख २१ गते स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्