काठमाडौँ उपत्यकामा कोरोना : शङ्खरापुरमा सङ्क्रमितको सङ्ख्या ८२
काठमाडौँ। काठमाडौँ उपत्यकाको शङ्खरापुर नगरपालिकामा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड-१९ सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले जानकारी दिएअनुसार नगरपालिकामा नयाँ भेरिएन्टसहितको सङ्क्रमण बढ्दो छ। यसअघि पहिलो चरणमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १६९ थियो। (रासस)
प्रतिक्रिया दिनुहोस्