डडेल्धुरामा दश दिन निषेधाज्ञा थप अमरगढी। डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा १० दिन थपेर आगामी जेठ ४ सम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले त्यहाँको निषेधाज्ञालाई कडाइका साथ निरन्तरता दिने निर्णय गरको हो। यसअघि त्यहाँ वैशाख १९ गतेबाट २५ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्