भारतसँग जोडिएका सबै सीमा नाका बन्द : सर्लाहीका प्रजिअ सर्लाही। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणबाट आक्रान्त भइरहँदा नेपाल सरकारको निर्देशनअनुसार नेपाल-भारत आवागमन गर्ने सबै सीमानाका बन्द गरी ठप्प पारिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जनाएका छन्। सरकारले प्रदेश २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो। केहीअघि मलङ्गवा नाका खुकलो भएकोमा त्यहाँ पनि पूर्ण रूपमा बन्द गरिएको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्