काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित साढे ३५ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ३५,६७८ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २६,४२६, ललितपुरमा ५,७१२ र भक्तपुरमा ३,५४० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,४१,८२६, ललितपुरमा २३,७५८ र भक्तपुरमा १३,६२६ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ८२०, २३३ र १७२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,१४,५८०, ललितपुरमा १७,८१३ र भक्तपुरमा ९,९१४ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्