काठमाडौं महानगरमा सक्रिय सङ्क्रमितको संख्या करिब पाँच हजार काठमाडौं।काठमाडौं महानगरपालिकामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०५ छ। हालसम्म महानगरपालिकामा ३७ हजार १४ जना संक्रमणमुक्त भइसकेका छन्।हाल रहेका सक्रिय सङ्क्रमितमा ४ हजार ५७९ जना होम आइसोलेसनमा, २४९ अस्पतालमा र ७७ जना संस्थागत आइसोलेसनमा रहेको महानगरपालिकाले जनाएको छ।महानगरका ३२ वडामध्ये सबैभन्दा बढी १६ नम्बर वडामा ५१२, ३२ नम्बर वडामा ४७० र ३१ नम्बर वडामा ४३८जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्