इप्पानले भन्यो– प्रयोगमा नरहेका सिलिन्डर सरकारलाई दिनुहोस् काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाहरुमा प्रयोगमा नआएको अक्सिजन सिलिन्डर सरकारलाई दिन भनेको छ। संस्थाले आज एक सूचना जारी गर्दै जलविद्युत आयोजनामा प्रयोगमा नआएका सिलिन्डर रेकर्ड राख्नेगरी सरकारलाई दिन आग्रह गरेको हो। विपद्को अवस्थामा सर्वसाधारणको ज्यान जोगाउन सरकारलाई सिलिन्डर दिनुपर्ने इप्पानको निष्कर्ष छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्