कोरोनाविरुद्ध लड्न चेन्नईद्वारा ४५० थान अक्सिजन कन्सन्ट्रेटर्स सहयोग एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाईज टोली चेन्नई सुपर किङ्सले कोरोनाविरुद्ध लड्न तामिलनाडुका कोरोना संक्रमितलाई ४५० थान अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध गराएको छ। चेन्नई सुपर किङ्सका निर्देशक आर श्रीनिवासनले तामिलनाडुका मुख्यमन्त्रीलाई शनिबार अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरेका हुन्। आईपीएलको बायो बबलमा समेत कोरोना देखिन थालेपछि बिसीसीआईले आईपीएलको १४औं सिजन अनिश्चितकालका लागि स्थगित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्