अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीद्वारा टाक्स फोर्स गठन काठमाडौं। अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीले टाक्स फोर्स गठन गरेको छ। आज उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन ६ सदस्यीय टाक्स फोर्स गठन गरेको हो। उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। टाक्स फोर्समार्फत अक्सिजन सिलिण्डको व्यवस्थापन गर्न सहज हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्