पाँचखालका मेयर उपमेयरको गाडी एम्बुलेन्सका रुपमा प्रयोग हुने
काभ्रे। पाँचखाल नगरपालिका प्रमुख र उपप्रमुखले आफूले प्रयोग गर्दैै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन्। नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले यस्तो निर्णय गरेका हुन्। कोभिडका बिरामीका लागि एम्बुलेन्स नहुँदा अस्पताल पुर्याउन गाह्रो भएको समाचार आएपछि पछिल्लो समय स्थानीय जनप्रतिनिधिले आफूले चढ्ने गाडी प्रयोगमा ल्याउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्