कोरोनाबाट एकैदिन अहिलेसम्मकै सर्वाधिक ८८ जनाको मृत्यु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा ८८ जनाको मृत्यु भएको जनाएको छ। यसअघि एकैदिन यति ठूलो संख्यामा कोरोनाबाट नेपालभित्र मृत्यु भएको थिएन्। योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको छ।
प्रतिक्रिया दिनुहोस्