अक्सिजन सिलिन्डर लिन वाइडबडी भोली चीन जाने काठमाडौं। चीनले नेपाललाई दिन लागेको ४०० थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज भोली चीन जाने भएको छ। चीन सरकारले सहयोगस्वरुप पठाउन लागेको अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी जाने भएको हो। चीनले सिलिन्डर आजै बेइजिङ क्यापिटल एयरपोर्टमा तयार गरेर राख्ने जानकारी परराष्ट्र मन्त्रालयले बताएको छ। नेपालमा कोरोनाको दोस्रो लहर बढेसँगै सिलिन्डरको अभाव भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्