नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले कोरोना संक्रमितलाई एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। चेम्बरले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। कोभिड–१९ का गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई हुने बिरामीलाई छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स उपलब्ध गराउने चेम्बरले जानकारी दिएको छ। यसका लागि ०१५३३०९४७ र ९८५१२१६०३९ मा सम्पर्क गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्