पछिल्लो चार दिनमा परीक्षण गरिएकामध्ये करिब ४६ प्रतिशतमा कोरोना संक्रमण काठमाडौं। पछिल्लो चार दिनमा पीसीआर र एन्टीजेन परीक्षण गरिएकामध्ये ४५.९० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबारदेखि आजसम्म कूल ७६ हजार ४५६ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ हजार ९७ जनामा संक्रमण देखिएको थियो। यस्तै सोही अवधिमा १३ हजार ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्