संक्रमितमध्ये करिब १० प्रतिशत बालबालिका, आज ८५४ जना थपिए काठमाडौं। पछिल्लो चौबिस घण्टामा देखिएका कूल कोरोना संक्रमितमध्ये करिब १० प्रतिशत संख्या बालबालिकाको रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८५४ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कूल ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको थियो। अर्थात संक्रमितमध्ये ९.६४ प्रतिशत बालबालिका रहेका थिए। संक्रमितमा ९ वर्षसम्मका २४३ र १०–१९ वर्षका ६११ जना रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्