कैलालीमा उपचाररत सात सङ्क्रमितको मृत्यु कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उनकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिकाका ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाकी ३५ वर्षीया महिला, धनगढीका ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ६० वर्षीया महिलाको मुत्यु भएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्