शपथ लिएको ४८ घन्टा नपुग्दै पुडुचेरीका मुख्यमन्त्री कोरोना संक्रमित एजेन्सी। पुडुचेरीका मुख्यमन्त्री एन रंगासामी कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएपछि उनलाई चेन्नईस्थित एक अस्पतालमा भर्ना गरिएको छ। रंगासामीले शुक्रबारमात्रै मुख्यमन्त्रीको शपथ लिएका थिए। केन्द्र शासित प्रदेश पुडुचेरीका स्वास्थ्य विभागका प्रवक्ताले कोरोना भाइरसका हल्का लक्षण देखिएपछि मुख्यमन्त्रीको इन्दिरा गान्धी सरकारी मेडिकल कलेजमा जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्य अवस्था स्थित रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्