सतर्क रहनुस्, ज्वरो नआए पनि कोरोना पोजिटिभ हुन सक्छ एजेन्सी। कोरोनाको पहिलो लहरमा संक्रमितलाई ज्वरो आउँथ्यो, तर दोस्रो लहरले कतिपय ज्येष्ठ नागरिकमा ज्वरो नहुँदा पनि नतिजा पोजिटिभ आएको भेटिएको छ। दोस्रो लहरबारे शोध गरिरहेक चिकित्सकहरुका अनुसार, संक्रमित युवामा ज्वरो देखिए पनि ज्येष्ठ नागरिकमा त्यस्तो देखिएको छैन। ज्येष्ठ नागरिकमा संक्रमण भएनभएको थाहा पाउन निरन्तर अक्सिजन लेभलमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन्। यसका लागि पल्स अक्सिमिटर प्रयोग गर्नुपर्ने उनीहरुको राय छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्