कोरोना संक्रमित बढ्दै, ६९ जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। देशका ७७ मध्ये ६९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोराना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार हालसम्म निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ११ जिल्लामा आंशिक र ५८ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई चल्न दिइएको छैन। मानिसहरुको हिँडडुलमा समेत कडाई गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्