बुटवलमा कोरोनाबाट थप पाँचजनाको मृत्यु
बुटवल।कोरोना संक्रमणपछि बुटबल धागो कारखानामा सञ्चालित विशेष अस्पतालमा उपचाररत ४ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा १ जना गरी पाँच जनाको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा तिलोत्तमा–२ का ५६ वर्षीय पुरुष र कोरोना विशेष अस्पतालमा कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुष, दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिला, बुटवल–७ का ४५ वर्षीय पुरुष तथा तिलोत्तमा–१ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्