भारतमा स्पुतनिक-भी उत्पादनको तयारी
एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक-भी उत्पादन गर्ने भएको छ। रुसले भारतलाई स्पुतनिक-भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक-भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ। आगामी जुलाई महिनासम्ममा स्पुतनिक-भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्