परीक्षणको ५० प्रतिशतमा देखियो कोरोना सङ्क्रमण, आज थप ९,२७१ सङ्क्रमित
काठमाडौँ। नेपालमा गत २४ घण्टामा ९,२७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १७,६२३ पीसीआर परीक्षणमा र ७८८ एन्टिजेन परीक्षणमध्ये ५०.३६ प्रतिशतमा सङ्क्रमण देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ४,०३,७९४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्