अक्सिजन सिलिन्डर लिन चीन जाँदै वाइडबडी
काठमाडौं। चीन सरकारले अनुदानस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी चीनको राजधानी बेइजिङ जाने भएको छ। निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले राती साढे ११ बजे चीनतर्फ उड्ने बताइन्। उक्त विमान ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर लिएर भोली २ बजेर ३५ मिनेटमा नेपाल फर्किनेछ। चीनले हिजै एयरपोर्टमा उक्त सामान ल्याएर राखिसकेको छ।
प्रतिक्रिया दिनुहोस्