काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित करिब साढे ३७ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ३७,४६३ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २९,०७१, ललितपुरमा ६,२८० र भक्तपुरमा ४,११२ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,४७,७६२, ललितपुरमा २४,७९६ र भक्तपुरमा १४,४५७ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ८६३, २४७ र १७६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,१७,८२८, ललितपुरमा १८,२६९ र भक्तपुरमा १०,१६९ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्