नेपालमा आज ९३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९३,१४१ रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ८६,४२६ होम आइसोलेसनमा र ६,७१५ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४४,९२० होम आइसोलेसनमा र २,३४७ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज ९१० जना आईसीयूमा र २९५ जना क्वारेन्टाइनमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्