'द गार्जियन'मा लेखमार्फत् प्रधानमन्त्रीले जी-७ सँग खोप सहयोग मागे
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कारोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनेको र बेलायतमार्फत् अन्तर्राष्ट्रिय समुदायसँग सहयोग अपेक्षा रहेको जनाएका छन्। द गार्जिएनमा प्रधानमन्त्रीकै नाममा प्रकाशित एक लेखका अनुसार बढ्दो महामारीबीच सरकार रोकथाम र उपचारलक्षित गरी कार्यरत छ। यस महामारीले धनी र गरिब राष्ट्रबीचको भिन्नता झन् उजागर गरेको जनाउँदै उनले जी-७ मार्फत् खोप सहज उपलब्ध गराउन आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्